अर्घाखाँची जिल्लामा २०८१ सालको चैत्र महिनासम्म वन वन डढेलोका घटनाहरू देखिएका छन्। डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रणका लागि विभिन्न प्रयासहरू गरिरहेको छ। यस सन्दर्भमा, वन डढेलोका घटनाहरू, तिनले पुर्याएको क्षति, र नियन्त्रणका लागि गरिएका प्रयासहरूको विस्तृत विवरण प्रस्तुत गरिएको छ।
१. वन डढेलोका घटनाहरू र प्रभावित क्षेत्रहरू
२०८१ सालको चैत्रसम्म अर्घाखाँची जिल्लामा वन डढेलोका घटनाहरू छिटफुट रूपमा देखिएका छन्। यस अवधिमा जिल्लाका विभिन्न स्थानहरूमा १८ वटा वन डढेलोका घटनाहरू दर्ता भएका छन्। प्रमुख प्रभावित क्षेत्रहरूमा भुमिकास्थान नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका, र सन्धिखर्क नगरपालिका पर्दछन्। विशेष गरी ढिकुरा, पानडाँडा, किमडाँडा, जालकाँडा, कुर, र पाली जस्ता स्थानहरूमा वन डढेलोका घटनाहरु घटेका छन ।
२. वन डढेलोबाट भएको क्षति
वन डढेलोका कारण अर्घाखाँची जिल्लामा हालसम्म १३३.०५ हेक्टरभन्दा बढी वन क्षेत्र प्रभावित भएको छ। यसले चार वटा घर र तीनवटा गोठ पूर्ण रूपमा नष्ट भइ पशुचौपायको क्षति भएको छ। यद्यपि मानवीय क्षति हालसम्म भएको छैन। वन डढेलोले वन्यजन्तु, जैविक विविधता, र पर्यावरणीय सन्तुलनमा गम्भीर असर पुर्याएको छ। सल्लो प्रजातिका रुखहरू बढी भएको क्षेत्रहरूमा आगो छिटो फैलिने भएकाले जोखिम अझ बढेको छ ।
३. वन डढेलोको कारणहरू
वन डढेलोका हालसम्मका कारणहरूमा सबै मानवीय लापरवाही प्रमुख देखिएको छन। वन्यजन्तु धपाउने, चुरोटको ठुटो जथाभावी फाल्ने, र घास पलाउछ भन्ने धारणा जस्ता लापरवाहीपूर्ण क्रियाकलापहरूले वन डढेलोको गराइएको देखिन्छ। साथै, वन पैदावार संकलन, वन अतिक्रमण, चोरी सिकारी, र खेती किसानीका लागि प्रयोग गरिने आगो पनि वन डढेलो लाग्नुका मुख्य कारण बनेका छन् ।
४. डिभिजन वन कार्यालयको प्रयासहरू
डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रणका लागि विभिन्न प्रयासहरू गरिरहेको छ:
• जिल्लाको वन डढेलो नियन्त्रण तथा व्यवस्थापन कार्ययोजना तयारी एवं स्वीकृति: डिभिजन वन कार्यालयले स्थानिय तह डिभिजन वन कार्यालय र सुरक्षा निकायको वन डढेलो नियन्त्रण र व्यवस्थापनमा स्पष्ट भुमिका र कार्यक्रम सहितको कार्ययोजना तयारी गरि जिल्ला बिपत ब्यबस्थापन समितिको बैठकबाट स्वीकृत गरि कार्यान्वयन भइरहेको ।
• वन डढेलो बिशेष समन्वय बैठकहरू: पाणिनी गाउँपालिका,भुमिकास्थान नगरपालिका,मालारानी गाउपालिका तथा शितगंगा नगरपालिकासँग वन डढेलो बिशेष डिभिजन वन कार्यालयबीच समन्वय बैठकहरू आयोजना गरिएका छन्, जसमा वन डढेलो नियन्त्रण र वन संरक्षणमा सहकार्य गर्ने निर्णयहरू गरिएका छन् ।
• सारङ्गिमा वन डढेलो सचेतना अभियान २०८१ कार्यक्रम कार्यान्वयन: ७१ स्थानमा १५ दिनसम्म ३ जना गन्धर्व कलाकारहरु सहितको सचेतना टिमबाट बृहत सांस्कृतिक कार्यक्रमहरु सन्चालन गरि समापन गरिएको । कार्यक्रम सफल र प्रभावकारी रहेको ब्यापक प्रतिकृयाहरु कार्यालयमा प्राप्त भएको
• मोबाइल माइकिङ तथा सन्देश प्रवाह:-बिभिन्न तवरका १० वटा जिङ्गलहरु उत्पादन गरि जिल्लाका सबै रेडियो तथा सन्चार माध्यमहरुबाट ब्यापक प्रसारण गरिनुका साथै फागुन र चैत्र महिना भरि हप्ताको ३ दिन गाडिमा ठुलो लाउडस्पिकर राखि सन्देशहरु प्रवाह गर्दै हिडेको ।
• जहाँ पनि बन डढेलो सचेतनाका कुरा:- जिल्ला स्थित हुने र डिभिजन वन कार्यालयको प्रतिनिधित्व हुने सबै कार्यक्रमहरुमा अनिबार्यरुपममा वन डढेलो सचेतनाका कुरा राख्ने निर्णय भइ सबै कार्यक्रमहरुमा कार्यालयप्रमुख,अधिकृतहरुले वन डढेलो सचेतनाका कुराहरु राखिहाल्ने अभ्यास शुरु गरिएको ।
• समुदायस्तरमा सचेतना र डेमो:-सामुदायिक वन उपभोक्ता समितिमार्फत सचेतना गोष्ठीहरू र अग्नि नियन्त्रण डेमो प्रदर्शनहरू गरिएको छ।
• वन डढेलो हेरालू अनिबार्य:-सामुदायिक वन उपभोक्ता समितिहरुलाइ परिपत्र गरि अनिबार्यरुपमा ५ देखी १० जना ४ महिनाका लागि वन हेरालू राख्न निर्देशन गरि वन हेरालू नियुक्तिको जानकारी माग गरिएको । हाल सम्म ३१९ जना हेरालूहरु कार्यरत रहेको ।
• पातिङ्गर हटाउन डिभिजनबाट रु ४ लाख सहयोग:-बिभिन्न ४० सामुदायिक वनहरुमा पातपतिङ्गर हटाउने कार्यका लागि सहयोग गरि कार्यान्वयन भएको ।
• सुरक्षा निकायसँग निरन्तरण समन्वय:-वन डढेलो नियन्त्रका लागि सुरक्षा निकायहरुसँग नियमित र निरन्तर समन्वय र सहयोग लिने कार्य भइरहेको । सुरक्षा निकाय परिचालन र व्यवस्थापनका लागि बजेट समेत बिनियोजित गरिएको ।
• १० सदश्य रहेको वन डढेलो नियन्त्रक दस्ता गठन:-वन डढेलो नियन्त्रण र प्रतिकार्यका लागि डिभिजन वन कार्यालयमा रहने गरि १० जनाको दस्ता गठन भइ कार्य गरिरहेको । दस्ताका लागि गाडि र आवश्य उपकरणहरु उपलब्ध गराइएको । दस्ताले दैनिक गस्ति तथा डढेलो सुचना आउनासाथ प्रतिकार्यका लागि खटिने गरिरहेको ।
• वन डढेलो फोकल फर्सन तथा डेस्क:-डिभिजन वन कार्यालयमा रहने गरि वन डढेलो नियन्त्रण डेस्क स्थापना गरिएको र आवश्यक समन्वय र कार्य अगाडि बढाउन सबअ केशर खड्कालाइ फोकल पर्सन नियुक्ति गरिएको ।
• स्रोत साधनको परिचालन: जिल्लामा रहेका दमकल र सुरक्षा निकाय तथा वन दस्तालाई बस्ती जोगाउन र वन डढेलो नियन्त्रण गर्ने कार्यमा परिचालन गरिदै आएको छ। सीमित स्रोत साधन र दुर्गम भूगोलका कारण चुनौतीहरू कायम छन् ।
५. हालसम्मका चुनौतीहरू र २०८२ बैशाख र जेठ महिनाका लागि रणनीतिहरू
वन डढेलो नियन्त्रणमा विभिन्न चुनौतीहरूको सामाना गरियो:
• स्रोत साधनको अभाव: सीमित स्रोत साधन र दुर्गम भूगोलका कारण वन डढेलो नियन्त्रणमा कठिनाइहरू छन्।
• जनचेतनाको कमी र मनोबृति: जनचेतना र प्रचार प्रसारको ब्यापक हुँदा पनि वनमा धेरै आगलागी भएको छ यसको कारण मान्छेको वनमा डढेलो लाउदा के हुन्छ र भन्ने मनोबृतिले काम गरिरहेको छ ।
• कानुनी कार्यान्वयनको कमजोरी: आगो लगाउने व्यक्तिहरूलाई कानुनी कारबाही गर्न कठिनाइहरू छन्।
२०८२ बैशाख र जेठ महिनाका लागि अभलम्वन गरिने रणनीतिहरू निम्नलिखित समावेश गर्न सकिन्छ:
• जनचेतना अभिवृद्धि: बैशाख ६ देखी १८ वटा उच्चमाबिहरुमा वन डढेलो सचेतना शिक्षा सन्चालन गरिने
• प्राविधिक स्रोत साधनको वृद्धि: दमकल, अग्नि नियन्त्रण उपकरण, र तालिमप्राप्त जनशक्तिको प्रभावकारी परिचालन गरिने ।
• कानुनी कार्यान्वयनको सुदृढीकरण: आगो लगाउने व्यक्तिहरूलाई कानुनी कारबाही गर्न प्रभावकारी र कडारुपमा प्रस्तुत हुने।
• सुरक्षा निकायहरुसँग प्रभावकारी समन्वय: आगो लगाउने व्यक्तिहरूलाई कानुनी कारबाही गर्न तथा वन डढेलो नियन्त्रणका लागि प्रभावकारी समन्वय गरिने ।
• पातपतिङ्गरबाट मल उत्पादन हुने उद्योग स्थापना: समुहमा रहेको पातपतिङ्गर संकलन गरि जम्मा गराउने र एक समुहमा मल उत्पादन गर्ने मेसिन तथा संयन्त्रको निर्माण गरिने ।
• वन दस्ताको प्रभावकारी परिचालन: डिभिजनमा रहेको वन डढेलो नियन्त्रक दस्तालाइ प्रभावकारीरुपमा परिचालन गरिने ।
निष्कर्ष
अर्घाखाँची जिल्लामा २०८१ सालको चैत्रसम्म वन डढेलोका घटनाहरू शुरुभएपनि गत बर्ष भन्दा न्यून रहेका छन । डिभिजन वन कार्यालयले विभिन्न प्रयासहरू गरिरहेको भए पनि स्रोत साधनको अभाव, जनचेतनाको कमी, र कानुनी कार्यान्वयनको कमजोरीले चुनौतीहरू कायम छन्। यस बर्ष बन डढेलोका घटना सकेर्सम्म न्यून गर्ने प्रयासका साथ कार्यालय योजनबद्धरुपमा लागिरहेको छ।दीर्घकालीन समाधानका लागि समन्वित प्रयास, जनचेतना अभिवृद्धि, र स्रोत साधनको सुदृढीकरण आवश्यक छ।
फोटाहरु:-
निम्न लिंकमा क्लिक गरि बिषयसँग सम्बन्धित फोटाहरु सुरक्षित गर्न सक्नुहुनेछ
https://www.facebook.com/dfo.arghakhaanchi/photos_by