डिभिजन वन कार्यालय अर्घाखाँची ले जिल्लामा सन्चालित बिभिन्न नर्सरीहरुमा रहेका मौज्दात बिरुवाहरुको अनुगमन शुरु गरिएको छ । जिल्लाका डोहोटे,दुर्गाफाट ,मथुरा ,मालारानी र भुमिकास्थान नर्सरीमा रहेका बहुबर्षिय बिरुवाको  स्थितिको अवलोकन कार्य शुरुवात भएको हो । सिनियर डिभिजनल वन अधिकृत मोहन श्रेष्ठबाट आज मथुरा नर्सरी र मालारानी नर्सरीको स्थलगत अनुगमन भएको छ । 

अनुगमनका क्रममा नर्सरीमा रहेका बिरुवाको ग्रेडिङ गरि स्याहार संभार कार्यालाइ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मौज्दात बिरुवाको स्याहार र उचित व्यवस्थापन गरि नर्सरीको मर्मत र सरसफाइ कार्यलाइ दशैबिदा अघि नै  थालनी गर्न निर्देशन दिनु भएको छ । यस बर्ष मागका आधार बिरुवा उत्पादन कार्य गर्न समेत सबडिभिजन वन कार्यालाइ वहाँले निर्देशन दिनु भएको छ ।

यस बर्ष नर्सरीमा मन्त्रालयले तोकेको परिमाण भन्दा बढी बिरुवा मौज्दात नहुने गरि मागमा आधारित बिरुवा उत्पादन गर्ने गरि डिबकाले योजना बनाएको छ । 

" />
|