घौवा महिला सामुदायिक वन समुह शितगंगाले समुहको आयबाट बिभिन्न गरिबि न्यूनिकरणका कार्य सम्पन्न गरेको छ । समुहका १५ जना बिपन्नलाइ ७० प्रतिशत समुहको अनुदानमा हाते ट्याक्टर बितरण तथा ४ जनालाइ पानी तान्ने पम्प बितरण गरिएको हो । एक कार्यक्रमका बिच उक्त सामाग्रि बितरण गरिएको छ । कार्यक्रममा सिनियर डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले समुहहरुले गरिबि न्यूनिकरणका क्षेत्रमा काम गर्न सुझाब दिनु भयो । वन व्यवस्थापन कार्यका बहुआयमहरु मध्ये यस तवरका कार्य पनि पर्ने भन्दै वन व्यवस्थापनलाइ केवल रुख कटानीसँग मात्र जोड्न नहुने वहाँको भनाइ छ ।
समुहहले बिगत देखी वन सम्बर्द्धनमा आधारित वन व्यवस्थापन कार्य गरिरहेको छ