अर्घाखाँची, — जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक सम्पन्न भएको छ। डिभिजन वन कार्यालयमा सम्पन्न बैठकले वन व्यवस्थापन, वन डढेलो नियन्त्रण, वन संरक्षण तथा समन्वयका विविध विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले वन डढेलो नियन्त्रणका लागि पूर्वतयारी, जनचेतना अभिवृद्धि, सुरक्षा निकायसँग समन्वय, तथा डिभिजन वन कार्यालयले ड्रोनको प्रयोग गर्न अनुमति दिने निर्णय गरेको छ । साथै बैठकले नियमित ड्रोनको प्रयोग गर्न डढेलो फोकल पर्सन केशब खड्का सहितको टिम तोकिएको छ। कार्यालयले वन डढेलो जोखिम क्षेत्रको अनुगमन र पुर्ब तयारीका लागि ड्रोन अनुगमन गर्ने र समुहलाइ आवश्यक पृष्ठपोषण गर्ने गरि तयारी गरेको छ।
कार्यालयले यसै प्रयोजनका लागि क्याटागाेरी बि को ड्रोन व्यवस्थापन गरि प्रयोगमा ल्याएको छ ।
साथै बैठकले वन क्षेत्रसँग सम्बन्धित गतिविधिहरूलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक कदमहरू अघि बढाउने निर्णय समेत गरेको छ। बैठकमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा डिभिजन वन कार्यालय, सुरक्षा निकाय सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।